सङ्घीयताले सबै असमानता र विभेद्का खाँडल पुरिँदै गएको छ : मुख्यमन्त्री राई

Sherdhan Rai
रासस न्यूज

काठमाडौं, २४ असार । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शासन व्यवस्था मात्र नभई पूरै राजनीतिक प्रणाली नै परिवर्तन भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल शान्ति, स्थिरता र सुशासनको बाटोमा अगाडि बढिरहेको कुरामा जोड दिएको उनका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री राईले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको कुरालाई नेपाल सरकारले केही समयअघि आयोजना गरेको लगानी सम्मेलनले पुष्टि गरेको उल्लेख गर्दै नेपालको तीव्र विकासका लागि सङ्घीय प्रणाली अवलम्बन गरेको बताए। उनले सङ्घीयताले नै हिमाल, पहाड र तराईलाई जोडेको छ भन्दै सबै प्रकारका असमानता र विभेद्का खाडलहरु पुरिँदै गएको उल्लेख गरे।

आम नागरिकलाई छिटो-छरितो सेवा प्रवाह गर्न नेपाली जनताले सङ्घीयता रोजेको प्रष्ट पार्दै मुख्यमन्त्री राईले संसारभर छरिएर रहेका नेपाली विभाजित नहुन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्