हिरासतबाट ३ थुनुवा फरार

farar
लाेकपाटी न्यूज

काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन्। उनीहरु सोमबार राति ग्रिल उक्काएर भागेका हुन्।

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन्। जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो। उनीहरुको नाम खुलाइएको छैन।

ललितपुर प्रहरी प्रमूख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए।उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्