बन्दीपुर केवलकारकाे बटम स्टेशनकाे शिलान्यास

bandipur-cablecar-buttam-station
लाेकपाटी न्यूज

तनहुँ । तनहुँ र पहाडकी रानी तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ। केबलकारको साँझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड तथा पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास गरेका हुन्।

बन्दीपुर गाउँपालिका ४ ठूल्ढुङ्गामा १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन १५ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।  उक्त भवन आरकेडी रियल स्टेट एण्ड कन्स्टक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साँझेदारीमा एक अर्ब ३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण गर्न लागिएको छ।

केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ। ८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए। बन्दी केबलकार स्वेदश तथा प्रबासमा रहेका उत्साही युवाहरुले स्वदेशमै गर्ने उद्देश्यसहित साँझेदारीमा निर्माण थालेको बताउँदै अध्यक्ष शर्माले दुबै परियोजनामा साँझेदारी गरेर अगाडी गर्न सबैलाई आग्रह गरे। नीजी, साँझेदारी, सहकारी र सरकारी अबधारणा अनुसार दुबै योजनाहरु सम्पन्न गरिने उनको भनाई छ।

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ। ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकोमा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको कम्पनी प्रमूख कार्यकारी अधिकृत किरण पोखरेलले बताए। ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् ।

विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ। ठूल्ढुङ्गा स्वाँराबाट शुरु हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ।

बन्दीपुर केबलकार निर्माण गरिरहेको कम्पनीले पोखरा महानगरपालिकाको घाटीछिना देखि प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तब्य पञ्चासेसम्म झण्डै १२ अर्बको लागतमा ८ किलोमिटर लामो केबलकार सहित पर्यटकीय पुर्बाधार निर्माणको प्रकृया पनि अघि बढाएको छ। पञ्चासे केबलकार निर्माणका लागि लगानीबोर्डमा स्विकृतीका लागि प्रकृयामा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्