काठमाडौं। मानिसको जीवनमा सफलता हासिल गर्न प्रेरणा चाहिन्छ। त्यसका लागि विश्वविख्यात मानिसहरुका वाणिहरुले उर्जा दिन्छन्। पढौं १५ वाणि, जसले तपाई हाम्रो जीवनमा उर्जा मिल्छ।
१. असफल हुनु कठिन कुरा हो। तर, पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खराब कुरा हो।
– थियोडेर रुज्बेल्ट
२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिनँ, जति गरे मनोरञ्जन मात्रै गरें।
– टमस एल्भा एडिसन
३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो।
– बब मार्ली
४. प्रत्येक बिहान हाम्रो पुनः एकपटक जन्म हुन्छ। आजको दिनमा हामीले के गर्छौ, त्यसले नै सबैभन्दा बढी फरक पार्दछ।
– गौतम बुद्ध
५. मोटर विना उड्न सम्भव छ। तर, ज्ञान र सीप विना छैन।
– विल्भर राइट
६. एकपटकमा एउटा मात्र काम गर, सो काममा आफ्नो पूरै मन मस्तिष्क लगाउ।
– स्वामी शिवानन्द
७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो।
– चार्ली चाप्लिन
८. बच्चाहरुले आफ्नो अभिभावकबाट दुई कुरा प्राप्त गर्नुपर्दछ, उभिनलाई आधार र उड्नलाई पखेटा।
– गोथे
९. आफ्नो घाउहरुलाई आफ्नो विद्वतामा बदल।
– ओप्रा विन्फ्रे
१०. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफूले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ।
– मार्कस औरेलियस
११. सत्रुको चुम्बन भन्दा मित्रको झापड नै बेस हुन्छ।
– पाइथागोरस
१२. कहिलेसम्म हामीले प्रयास गरिरहनुपर्छ ? अन्तिम श्वाससम्म।
– जिम रोन
१३. संसारको समस्या नै यहीँ हो कि हामी आफैंले आफैंलाई घृणा गर्छौं।
– चार्ली चाप्लिन
१४. आशा सूर्य जस्तै हो, जब हामी यसतिर फर्कन्छौं, तब बोझरुपी छायाँ स्वतः पछि पर्दछ।
– स्यामुएल स्माइल
१५. जिन्दगीलाई सधैं पछाडिबाट मात्र बुझिन्छ। तर, हामीले त अगाडिबाट जिउनु छ।
– सोरेन किर्केगर्ड



लाेकपाटी न्यूज

