बारा, २३ असार । बाराको गढीमाई नगरपालिका १ मा रहेको श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको निर्वाचन समितिको सूचना राणाकालिन जंगबहादुर राणाको कार्यकाल जस्तै देखिएको छ।
सामान्तबाद र पुँजीबादलाई बढावा दिई गरीब ,दलित, कमजोर र संस्थाका सदस्यलाई कुनै पदमा नलडन नसक्ने जस्तै सूचना निकालीएको छ।अध्यक्ष पदको नमनेशनको लागि रु पचीस हजार, उपाध्यक्ष पदको लागि बिस हजार, सचिवको पन्ध्र हजार, कोषाध्यक्षको, सहसचिवको दस हजार र सदस्यहरूको आठ-आठहजार राखेको छ।
संसदको चुनावमा नोमिनेशनको लागि रू दश हजार थियो भने मेयरको पाच हजार र वडा अध्यक्षको रू तीन हजार।
गरीब,दलित र कमजोर सदस्यलाई कुनै महत्व नदिइ एकलौटी शासन दमन र अन्याय गरेर अगाडी बढ्न खोजेको देखिन्छ। निर्वाचन बहुदलिय,सर्बदलिय प्रणालीबाट हुनुपर्ने सदस्यहरुको माग रहेको छ।



लाेकपाटी न्यूज
