सिंगापुरमा नयाँ शिक्षण प्रणाली, अब विद्यालयमा परीक्षा नहुने

writing pic
लाेकपाटी न्यूज

सिंगापुर, २३ असार । शिक्षण विधि र प्रणालीमा सिंगापुर अग्रणी देश मानिन्छ। भर्खरै सिंगापुरले आफ्नो स्कुले बालबालिकाहरुका लागि परीक्षा प्रणालीलाई खारेज गरिदिएको छ।

कक्षा १ र २ मा सिंगापुरले विद्यालयस्तरिय परीक्षा प्रणालीमा रोक लगाएको छ । विधार्थीहरुमा अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक तनावबाट मुक्ति दिँदै स्वस्थ शिक्षण प्रणालीको शुरुवात देशले गरेको भनिएको छ। सिंगापुरका शिक्षा मन्त्री ओगं ए कुगंले शिक्षालाई प्रतिस्पर्धा भन्दा माथी उठेर हेर्न जरुरी रहेको बताँउदै यो प्रावधान ल्याएको जनाएका छन्।

अब सिंगापुरका विद्यालय पुस्तकहरुमा पनि सबै पाठ कण्ठ गर्ने, पूर्ण पढ्नपर्ने र मार्कीगं प्रणालीमा पनि पास फेलका कुरा उल्लेख नगरि एउटा सिंगो अकंभित्र थोरै मात्र तलमाथिमा विधार्थीलाई आकलन गर्ने जनाइएको छ।