बनेपा तनावग्रस्त

Banepa
लाेकपाटी न्यूज

काभ्रे, २३ असार । काभ्रेमा ‘सिरिञ्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ। स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन्। सोमबार बिहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको बताएका थिए।

लगत्तै स्थानीयबासीको समूहले चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन्।जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमूख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरी उपरीक्षक (एसपी) सापकोटाले भने, ‘शंकित व्यक्ति भएको आशंकामा पक्राउ हौं ’ ।

अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताए। त्यस क्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ। पक्राउ परेका व्यक्तिले आफूले सिरिञ्ज आक्रमण नगरेको बयान दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्