प्रधानमन्त्री कार्यक्रममा उपस्थित नभएसम्म बैठकमा सहभागी हुन्नँ : प्रधान

Bhimsen-Das-Pradhan pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ असार । संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री कार्यक्रममा उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने बताएका छन्। सोमबारको बैठकमा कांग्रेस सांसद् प्रधानले यस्तो बताएका हुन्।

समितिले यसअघि नै राजदूतहरुको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो।एक सदस्यका अनुसार कतिपय नियुक्तिहरु विवादास्पद हुनुका साथै मापदण्ड र समावेशिताबारे प्रधानमन्त्रीसँग छलफल गर्न समय मिलाउने जिम्मा सभापति लक्ष्मणलाल कर्णलाई दिइएको थियो।

कर्णले प्रधानमन्त्रीसँग कुरा गरे पनि ओली संसदीय सुनुवाइ समितिमा आएका छैनन्।सोमबारको बैठकमा कांग्रेस सांसद् प्रधानले यसबारे ध्यानाकर्षण गराएका हुन्। उनले प्रधानमन्त्रीसँग छलफल नगरी अब बस्ने बैठकहरुमा आफू सहभागी नहुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्