काठमाडौं, २३ असार । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरेका छन्।
भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा नफ्रिन सांसदहरुलाई आग्रहसमेत गरे।राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबान्दी लगाउनु सरह हुने बताए।
कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए।



लाेकपाटी न्यूज

