काठमाडौं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौंबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको पुष्टि गरे। प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन्।
पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन। महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ।



लाेकपाटी न्यूज

