रातमा रुनाले घट्छ माेटाेपन, अनुसन्धानले के भन्छ ?

woman-crying pic
लाेकपाटी न्यूज

एजेन्सी । मोटोपन कम गर्न प्रायः मान्छेहरु किसिम किसिमका तरिकाहरु अपनाउने गर्छन। तर, तौलमा कत्ति पनि कमी आउँदैन। यसको उपचारको लागि मान्छेहरु पानीसरी पैसा बगाउने गर्छन, जबकि यसलाई रोएर पनि कम गर्न सकिन्छ।

सुन्नमा केही अनौठो लाग्न सक्छ, तर एउटा अनुसन्धानले रुँदा मान्छेको तौल कम हुने देखाएको छ। एशियन वनमा प्रकाशित एउटा रिपोर्टका अनुसार रुँदा हाम्रो शरिरमा कार्टिसोन नामक हार्मोन उत्पादन हुने गर्छ। शरिरमा यस हार्मोनको स्तर बढ्नाले शरिरको तौलमा गिरावट आउने गर्छ।

दोस्रो, तनावको लेबल बढ्नाले जब हामी रुन्छौं तब आँसुको माध्यमबाट एक विषालु पदार्थ शरिरबाट बाहिर निस्कन्छ जुन शरिरको तौल बढाउन धेरै जिम्मेवार रहने गर्छ। अध्ययनमा यो पनि खुलासा भएको छ कि जो रुँदा पनि सजिलै आँसुु खसाल्दैनन्, उनीहरुका लागि शरिरको तौल घटाउन धेरै मुस्किल हुने गर्छ।

अझ रमाइलो कुरा त यो छ कि रोएको नाटक गर्ने या रोएको ढोङ गर्नाले शरिको तौलमा कुनै असर हुँदैन। अध्ययनमा भनिएको छ कि मान्छेलाई ३ किसमको आँसु आउने गर्छ, बेसल, रिफ्लेक्स तथा साइचिक। बेसल आँसु प्रायः खुसी हुँदा निस्कने गर्छ जबकि रिफ्लेक्स आँसु निस्कने कारण चुरोटको धुवाँ या प्रदूषण हुनसक्छ।

साइचिक आँसु निस्कने कारण उत्तेजना हो। यो आँसु निस्कनाले शरिरको तौल कम हुने गर्छ। ७ देखि १० बजे रातमा रुनाले शरिको तौल निकै छिटो घट्ने गर्छ। यो यस्तो समय हुने गर्छ जब मान्छेको नकरात्मक उत्तेजना उसमा सबैभन्दा बढी हाबी हुने गर्छ। यो कुरा पहिले पनि सामुन्ने आएको थियो कि रुँनाले मान्छेको शरिरमा रहेका क्यालोरी धेरै छिटो उत्पादन हुने गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्