फलको राजा मानिने आँपले निको पार्छ यी रोगहरु

mango pic 1
लाेकपाटी न्यूज

काठमाडौं, २१ असार । यति बेला आँपको सिजन छ । फलको राजा मानिने आँप विश्वभरिमा सबैभन्दा रुचाइएको फल पनि हो। यो काँचो वा पाकेको दुवैमा औषधीय गुण हुन्छ। यसलाई घरेलु ओखतीका रुपमा पनि प्रयोग गर्न सकिन्छ। धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ ?

१. बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस्। यसले पेटको किरा पनि मर्छ।

२. सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि खानुहोस्, खोकी निको हुनेछ।

३. मधुमेहमा आँपको पातलाई छायाँमा सुकाएर चूर्ण बनाउनुहोस्।
यसलाई ५–५ ग्रामको मात्रामा बिहान, बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ।

४. कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

५. गिजाबाट रगत निस्कने समस्यामा आँपको बियाँ निकालेर पिस्नुस् र यसलाई मञ्जनको रुपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतका रोगबाट लाभ मिल्छ।

६. काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ। ९एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान, बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।

७. यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ।

८. यसले तौल बढाउँछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ।

९. २ सय ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २ सय ५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्