बबरमहलमा ट्याक्सी दुर्घटना, थापाको घटनास्थलमै मृत्यु

Accidents
लाेकपाटी न्यूज

काठमाण्डौं,२१ असार । काठमाण्डौंको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका दीपक थापाको मृत्यु भएको छ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्