यस्तो छ तपाईको शनिबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिनेछ। भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ। अधिक धन खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छ। धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ। धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। वाणीमा कुशलता आउने योग परेको दिन छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। प्रेमी र प्रेमिकाबिच खिन्नता बढ्नेछ। सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। लाभदायक यात्राको सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्