नेकपाले २५ वर्ष सरकार चलाउँछ : देवेन्द्र पौडेल

Devendra Poudel
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन्।

समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा पौडेलले पटक पटक २५ वर्ष सरकार चलाउने दाबी गरे।

कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले भने, ‘५ वर्षका लागि त जनताले मत दिइसके। अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्