राजनीतिक नियुक्तिबाट मूख्यसचिव ल्याऔं : जनार्दन शर्मा

Janardan-Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई सचेत गराए।शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याए।

नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानूनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पार्नु पारे। नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानूनी प्रावधान स्विकार गर्न नसकिने पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्