सरकारकाे विरोध गर्नकै लागि केहिले मास्क लगाउन थाले, यो त स्वास्थ्यका लागि राम्रो हो : प्रधानमन्त्री

kp-oli
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन्।२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन अनावश्यक हल्ला चलाइएको बताएका हुन्।

साथै उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनसमेत अनधिकृत भएको दाबी गरे।  समाजवादी पार्टीका नेताहरुलाई शुक्रबार पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं। तर अर्बौं खर्च भनेर हावा कुरा गरियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको दाबी गरे। प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको बताए। उनले आफू प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर, अहिले त्यसमा सुधार आएको भनेको भन्दै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’

त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गाउने हाम्रो काम रोकिँदैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्