क्यालिफोर्नियामा गयो दुई दशक यताकै शक्तिशाली भूकम्प

earthquack
लाेकपाटी न्यूज

क्यालिफोर्निया, २० असार । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ। दुई दशकयताकै शक्तिशाली भूकम्प गएको हो।

क्यालिफोर्नियाको दक्षिण क्षेत्रमा पर्ने लस एन्जल्सबाट उत्तरतर्फ २४० किलोमिटर टाढाको रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ। शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ।

यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ। भूकम्पपछि उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन्। भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

केही मानिस घाइते भएका छन्। भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयर पेग्गी ब्रीडेनले आग्रह गरेकी छिन्। यस्तै केन्द्रबिन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ। (एजेन्सी)