काठमाडौं, १९ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश कमिटी सदस्य शैलेन्द्र घिमिरेले पार्टीले दीपक मनाङ्गेलाई पार्टी प्रवेश गराएकोमा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले लेखेका छन्, ‘माक्र्सवादको रातो कार्पेटमा, विचलित जनताको जनवादको अत्तर सुध्न मेरा आदरणीयहरुले खादा ओढाएर भित्राएका कमरेडलाई म कसरी लालसलाम गरुँ ?’
उनले थपेका छन्, ‘सोचिरहेछु मेरा सहिद परिवारका फुच्चे आदर्शभन्दा काठमाडौंका गल्लीमा सुनिने माननीयका पूर्वगीतमा मादकता एवं क्रान्ति नशाको जब्बरता छ र मेरा आदरणीयहरु तिनको संगत विना अधुरा छन्।’
सत्तारुढ नेकपाले मुख्यमन्त्रीकै उपस्थितिमा कार्यक्रम गरेर दीपक मनाङ्गे भनेर चिनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई पार्टी प्रवेश गराएपछि नेकपाका अधिकांश नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन्।



लाेकपाटी न्यूज

