काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अनगिन्ती मनाङे नेकपामा पहिलै रहेकोभन्दै राजीव गुरुङ मनाङे पार्टी प्रवेश गर्नु कुनै नौलो कुरा नभएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालको वालमा न्यौपानेले यस्तो स्टाटस लेख्दै आफनो धारणा राखेका हुन्।नेता न्यौपानेले लेखेका छन्, अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन् र थिए, एउटा थपिएको मात्र हो। जाबो एउटा मनाङे थपिदा के को कोको होलो हो कुन्नी?
दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरेका हुन्।



लाेकपाटी न्यूज

