यसरी गर्नुस् फेसबुक अकाउन्ट सुरक्षित

Facebook
लाेकपाटी न्यूज

एजेन्सी । फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो। विश्वका करोडौं मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन्।

तथापि, पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ। अनि प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन्।

यस परिप्रेक्ष्यमा फेसबुकले प्रयोगकर्ताको फेसबुक खाताको सुरक्षाका लागि केही विशेष टूल्स उपलब्ध गराउनसमेत सुरु गरेको छ। यस्ता टूल्सको प्रयोग गरी प्रयोगकर्ताले फेसबुक अकाउन्टबाट डाटा लिक हुने तथा ह्याकिङ्ग हुने जोखिमबाट बच्न सक्दछन्। फेसबुकका सेफ्टी टूल्स के के छन् र त्यसको प्रयोग कसरी गर्न सकिन्छ? केही टिप्स यस्ता छन्:

· न्यूज फिडलाई पर्सनलाइज्ड गर्नुहोस् : यसको सहायताले तपाईले आखिर किन तपाईको फेसबुकमा कुनै खास प्रकारका पोष्टहरु मात्र धेरै देखिन्छन् भन्ने कुरा थाहा पाउनुहुन्छ। फेसबुकले यस्ता पोष्ट कम गर्नका लागि केही शर्टकट्स दिएको हुन्छ।
त्यसको प्रयोग गरी प्रयोग गरी प्रयोगकर्ताले आफ्नो न्यूजफिडलाई आफ्नो मनपर्ने पोस्टका लागि पर्सनलाइज्ड गर्न सक्दछन्।

· फेसबुक डाटा म्यानेज गर्नुहोस् : यो नयाँ प्राइभेसी शर्टकटमा प्रयोगकर्तालाई एउटा मेन्यू प्राप्त हुन्छ। त्यहाँ ट्याप गरी प्रयोगकर्ताले आफ्नो डाटा नियन्त्रण गर्न सक्छन्। साथै नयाँ शर्टकटले प्रयोगकर्ताको डाटालाई कसरी कन्ट्रोल गर्दछ भन्ने कुरा पनि फेसबुकले जानकारी दिन्छ। फेसबुकमा प्रयोगकर्ताले अग्रीम रुपमा कन्ट्रोल अप्सन प्राप्त गर्न थालेका छन्।

जहाँ प्रयोगकर्ताले फेसबुकले कसरी र कहाँ आफ्नो डाटाको प्रयोग गर्न पाउँदछ भन्ने कुरा तय गर्न सक्दछन्।प्रयोगकर्ताले आफ्नो लोकेसन डाटालाई म्यानेज गर्नुका साथै फेसबुकमा अपलोड हुने सामाग्रीहरु, फेस रिकग्नीसन सेटिंग, तथा एड प्रेफरेन्स जस्ता विषय पनि म्यानेज गर्न सक्दछन्।

· लगइनका लागि टू फ्याक्टर अथेन्टिकेसन : फेसबुकले प्रयोगकर्ताका लागि एक विशेष खालको सेक्योरिटी फिचर ल्याएको छ, जसबाट तपाईंले पासवर्डका अलावा पनि फेसबुकको अकाउन्टलाई अझै सुरक्षित बनाउन सक्नुहुनछ।
यो फिचर भनेको टू फ्याक्टर अथेन्टिकेसन हो। उक्त फिचर एक्टिभेट गरेसँगै तपाईले आफ्नो फेसबुक अकाउन्टमा लगइन गर्दा आफ्नो मोबाइल वा इमेलमा आउने लगइन कोडको प्रयोग गर्नै पर्दछ। यसो गर्दा अरु मानिसले तपाईको फेसबुकको पासवर्ड थाहा पाएपनि लगइन गर्न सक्दैन।

· एप्सका डाटा सिमिति गर्ने : यस फिचरबाट फेसबुकले अन्य एप्सद्वारा रिक्वेस्ट गरिने डाटालाई कम गर्ने कोसिस गरेको छ। यो एप्स अहिले केवल प्रयोगकर्ताको प्रोफाइल फोटो, नाम तथा इमेल एड्रेसलाई मात्र एक्सेस गर्न सक्दछ।
यसका अलावा अरु जानकारीका लागि पहिले सम्बन्धित फेसबुक प्रयोगकर्ताको अनुमति लिनु पर्दछ।

·रिपोर्ट एब्युज : यो फिचरका माध्यमले प्रयोगकर्ताले गत फोटो, भिडियो तथा पोस्टका विषयमा फेसबुकमा रिपोर्ट गर्न सक्दछन्। जब फेसबुकमा कुनै पोष्टको बारेमा उजुरी आउँदछ, तब फेसबुकले त्यसलाई समीक्षा गर्दछ।
यदि समीक्षाबाट उक्त पोष्ट कम्पनीको नीति तथा समाजको मापदण्ड भन्दा बाहिर छ भन्ने लागेमा त्यसलाई फेसबुकले हटाइदिन्छ।खुसीको कुरा के भने फेसबुकले यसरी उजुरी गर्नेको पहिचान गोप्य राख्दछ।

·प्राइभेट कन्भर्सेसन : फेसबुकले हालै आफ्नो मोबाइल तथा डेस्कटप एपमा गु्रप बेस्ड कम्युनिकेसनलाई प्रवद्र्धन गर्नका लागि केही परिवर्तन ल्याएको छ। एपको केन्द्रमा माथिल्लो भागमा एउटा ग्रप ट्याबको अप्सन छ। त्यसको सहयोगले ग्रुपको सामाग्री तपाईको न्यूज फिडमा पहिले भन्दा धेरै देखिनेछ। साथै फेसबुक प्रयोगकर्तालाई नयाँ गु्रप खोज्न तथा त्यसमा सहभागी गराउने विषयमा पनि सुझाव दिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्