यस्तो छ तपाईको बिहीबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम जीवन सुखद् रहने छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउने छ। मनमा दुविधा उत्पन्न हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ। नयाँ काममा हात हाल्ने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मन भावुक र उत्ताउलो बन्नेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। प्रेममा मनमुटाव आउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। पढाइमा प्रगति हुनेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सिद्धिको योगछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। जोश,जाँगर र उमङ्ग बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्