उडिरहेकाे विमानबाट मान्छे खसेपछि…

लाेकपाटी न्यूज

एजेन्सी/काठमाडाैं, १८ असार । बेलायतमा उडिरहेको विमानबाट खसेका एक मानिसको मृत्यु भएको छ । केन्या एयरलाइन्सको विमान नइरोवीबाट बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि ती व्यक्ति विमानबाट खसेका थिए ।

ती मानिस विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैंचामा खसेका थिए । उनी बगैंचामा खस्दा ठूलो आवाज आएको थियो । विमानबाट मानिस खस्दा बगैंचाको भाग नै भासिएको सीएनएनले जनाएको छ ।

ग्लोबल न्यूजका अनुसार नइरोबीबाट ९ घन्टाको उडान भरेका विमान हिथ्रो विमानस्थलमा पुगेकाे थियो  ।लण्डन प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन । प्रहरीले आइतबार दक्षिणी लण्डनको आवासीय क्षेत्रमा रहेको एक घरको बगैचामा ती व्यक्ति खसेको जनाएको छ ।

केन्या एयरवेजका अनुसार प्रहरीले विमानको गेयर बक्समा झोला, पानी र केही खाना फेला परेको बताउँदै उक्त व्यक्ति सोही स्थानमा लुकेको हुनसक्ने अनुमान गरेको छ । विमान अवतरण गर्नु भन्दा पहिला गियरबक्स खसेको थियो । गिरयबक्समा बोझ भएका कारण खसेको हुनसक्ने अनुमान एयरलाइन्सले गरेको छ ।