उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउको विरोधमा बजार बन्द

Banda pic
लाेकपाटी न्यूज

कैलाली, १८ असार । प्रहरीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहितका तीन जनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन्।

बुधबार बिहान पत्रकार सम्मेलनबाटै उनीहरुलाई पक्राउ गरिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा, सदस्य विपिन साउँद र व्यापारी दिनेश विष्टलाई प्रहरीले पत्रकार सम्मेलन गरिरहेको बेला पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका हुन्।

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार बन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्