काठमाडौं, १८ असार । सरकारले भारतीय फिल्म अवार्ड आईफा आयोजना नेपालमा नगर्ने भएको छ। चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो।
नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे। ‘यो वर्ष नहुने नै भयो, अब एक र दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनः आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो।
त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो।



लाेकपाटी न्यूज

