लोकसेवाको विज्ञापनमा सर्वोच्चको आदेश प्रतिगामी छ : पम्फा भुसाल

pampha bhusal
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको आरोप लगाएकी छन्।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले लोकसेवाको विज्ञापनसम्बन्धी रीटमा सर्वोच्चले दिएको आदेशलाई ‘अर्को १७ साल’को संज्ञा दिइन्। ‘अदालतजति प्रतिगामी कोही पनि छैन, अदालत प्रतिगामी बाटोमा गएको छ, लोकसेवा आयोगको विज्ञापन अगाडि बढाउन दिनु अर्को १७ साल हो’ पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेकी भुसालले भनिन्।

लोकसेवा आयोगको विज्ञापन समावेशी हुनुपर्छ भनेर संसदीय समितिले रोक्न आदेश दिए पनि अदालतको आदेशबाट चुनौती खडा भएको बताएन। ‘समावेशिताको विधिको बर्खिलापमा अदालत गयो, यो प्रतिगमनको पराकाष्ठा हो’ उनले भनिन्।

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न ९ हजार १ सय पदमा विज्ञापन आह्वान गर्दा समावेशीतालाई ख्याल नगरेको भन्दै राज्य व्यवस्था समितिले त्यसलाई रोक्न निर्देशन दिएको थियो। तर, यो विवादमा सर्वोच्चले विज्ञापन रोक्न आदेश दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्