काठमाडौं। संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्।
पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईं लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना नेकपामा प्रवेश गर्ने भएका हुन्।
स्रोतका अनुसार बिहीबार धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा पार्टी अध्यक्ष प्रचण्डद्वारा औपचारिक कार्यक्रम गरेर यी नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ।



लाेकपाटी न्यूज

