१८ वर्ष पुगेपछि मात्रै चालक लाइसेन्स !

LICENCE 1
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कानून बनाएको छ। हालको कानूनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ।

नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ। नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ। यातायात व्यवस्था कार्यालय ठूलो र्भयाङकी प्रमूख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानून लागू हुन नसकेको बताइन्।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानून लागू नहुने सम्भावना रहेको बताए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्