काठमाडौं, १८ असार । बाघको जुँगा उखेल्नेलाई बहादुर, हिम्मतवालालगायतका उपनाम दिने गरिएको छ। बर्दियामा भने मरेको बाघको जुँगा उखेल्नेले जरिवाना तिर्नु परेको छ।
जिल्ला अदालतका मूख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पक्राउ परेका गेरुवा ४ शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई मंगलबार ५ लाख जरिवाना तिराएको हो।
बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो। बाघ मारेको प्रमाण फेला नपरेपछि जुँगा उखेलेको अभियोगमा जरिवाना तिराई अदालतले छाडेको छ। कान्तिपुर दैनिकबाट



लाेकपाटी न्यूज
