‘फ्रिजको पानीका १३ खराबी : सावधान ! धेरै चिसो नपिउनुहोस्’

Sports-drink-energy water
लाेकपाटी न्यूज

गर्मीको समयमा मानिसहरू प्रायः फ्रिजको चिसो पानी पिउन मन पराउँछन्। तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ। विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ। फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ :–

१. वजन बढाउँछ – खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ।

२. घाँटीको संक्रमण – धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ। यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको समस्या देखिने गरेको छ।

३. शरीरको तापक्रममा असर गर्छ – शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।

४. मुटुको गति कम पार्छ – जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ। एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ। भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ। पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ।

५. पाचन प्रक्रियामा असर – बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ। किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।

फ्रिजको पानीका खराबी

१. फ्रिजमा राखेको चिसो पानी पिउनाले मुटुमा प्रत्यक्ष असर गर्छ। यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ। यसबाट मुुटुको भल्भ खराब हुने समस्या समेत देखिन सक्छ।

२. धेरै चिसो पानीका कारण रक्तनलीहरु खुम्चिन्छन्, जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ। खाना राम्रोसँग नपच्दा आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन।

३. धेरै चिसो पानी पिउँदा शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ।

४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ। यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ।

५. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ।

६. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्दा ठूलो आन्द्रा सुक्न थाल्छ, जसले गर्दा आद्राले सही तरीकाले काम गर्न सक्दैन। परिणामस्वरुप, बिहानको समयमा पेट खल्लास नभई पेटको समस्या उत्पन्न हुन्छ।

७. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनेगर्छ।

८. धेरै चिसो पानीको सेवनले हाम्रो शरीरको कोषिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त कोषिकाहरुले सही तरीकाले काम गर्न सक्दैन। यसको असर तपाईको मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत सिधै असर पर्ने गर्छ।

९. फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ। यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होशियार हुनुहोस्। यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्