९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाएको त्रिविद्वारा स्वीकार

TU09
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन्।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो।छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भने, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ। ” त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन्। उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ।

मार्क्स्लपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो। छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो। यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। अख्तियारले ‘इन्ट्री गरिएका मार्क्स्लप’ लिएर गएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्