काठमाडाैं । अहिले प्रायजसाे ग्यास्ट्रिककाे समस्या नहुने मान्छे सायदै पाइएला । पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।
कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ भन्ने मान्यता रहेकाे छ । ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ ।
मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ। जथाभावी दुखाई कम गर्ने औषधी प्रयाेग गर्ने र पिरो खानेलाई ग्यास्ट्रिकले बढी सताउने गर्छ।
ग्यास्ट्रिक भयाे भने यस्ता लक्षण देखा पर्दछन्
– माथिल्लो पेटमा असजिलो महसुस हुने,
– खाना खाएपछि अप्ठ्यारो हुने,
– पेट दुख्ने,
– अमिलो पानी आउने,
– ढ्याउ ढ्याउ हुने,
– ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्ने,
– दिसा कालो र रगत मिसिएको हुने ।
ग्यास्ट्रिक भएकाे व्यक्तिले के खाने, के नखाने ?
– ग्याष्ट्रिक भएपछि उमालेको खानेकुरा मात्रै खानुपर्छ, माछामासु नखाने प्रवृत्ति गलत हो।
– सन्तुलित भोजन गर्नुपर्छ।
– लामो समयसम्म भोकै बस्नु हुँदैन।
– धेरै तातो खानेकुरा खानु हुँदैन।
– मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ।
– चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।
उपचार विधि
ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानु हुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधी खानुपर्छ, जथाभावी औषधी प्रयाेग गर्नुहुँदैन।
चेकजाँच गरेर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ।
‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ।
भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधीले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।



लाेकपाटी न्यूज

