भारतीय कारसहित ६० केजी अवैध चाँदी बरामद

chadi-baramad pic
लाेकपाटी न्यूज

विराटनगर, १७ असार । प्रहरीले मंगलबार विराटनगरबाट ५९.९५ केजी अवैध चाँदीसहित भारतीय कार नियन्त्रणमा लिएको छ।

भारतीय सीमावर्ती बजार जोगवनीतर्फ जाँदै गरेको बीआर ११ एके १७९१ नम्बरको कारलाई प्रहरीले विराटनगर महानगरपालिका ९ रोडशेष चोकबाट चालकसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले चाँदीसहित भारतीय नागरिक पक्राउ परेको जानकारी दिए। पक्राउ परेको चालकको परिचय गोप्य राखेको प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्