मन्त्रीमण्डल फेरिने संभावना छैन : मन्त्री खनाल

chakrapani khanal
लाेकपाटी न्यूज

काठमाडौं, १७ असार । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको बताएका छन्।

रिपोर्टस क्लव प्रदेश नम्बर ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले आलोपालो मन्त्री हुने एकमुष्ठ सहमती भएपनि त्यसको लागि ढिलाई वर्ष अझै बाँकी रहेको बताएका हुन्।मन्त्री खनालले पार्टीमा बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताए।

पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए।सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका छन्।