काठमाडौं, १७ असार । ऐन र संसदीय समितिको निर्देशन विपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ।
असारको १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ। आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्चिने प्रवृत्ति रोके यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गनै नपाइने व्यवस्था गरेको छ।
तर १५ दिनमै बजेटको ५ दशमलब २१ प्रतिशत खर्च भईसकेकोले समितिको नर्देशन र अन्य कानूनी व्यवस्था सरकारले उलंघन गर्ने निश्चित भएको छ। असार १ गते २ अर्ब ५९ करोड ३४ लख खर्च भएका थियो। असार सकिन लाग्दा खर्चको आकार झनभल बढ्दो छ। कान्तिपुर दैनिकबाट



लाेकपाटी न्यूज

