आइफा गर्न बजेट नै छुट्याइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) को लागि बजेट नछुट्याइएको बताएका छन्।

आइफा नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको बताए। चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको बताउदै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताए। उनले आइफा नेपालमा भर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे।

उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए। ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन।’उनले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिए। सरकारले जे गरेपनि खाली आलोचना मात्रै हुने गरेको गुनासो गर्दै उनले काँग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न सुझाव दिए।

उनले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने भन्दै नचलाए सरकारले ताला लगाउने पनि चेतावनी दिए। यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्