एकै समूहलाई नक्कली जग्गा देखाएर पटक-पटक ठगी

jagga
लाेकपाटी न्यूज

काठमाडौं, १६ असार । कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक-पटक ठगी गरेको खुलेको छ।

काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो। लोकेन्द्रकै मध्यस्थतामा कात्तिकेदउराली ७ घर भई पाँचखाल १० बस्ने रणबहादुर सार्कीले भक्तपुर २ का बाटी र प्रजापतिलाई पाँचखाल १० स्थित बीपी राजमार्ग छेउको जग्गा देखाएर बालुवाको ५ रोपनी जग्गा बिक्री गरेका थिए।

२४ लाख रुपैयाँमा कारोबार गरी एउटा जग्गा देखाएर अर्को पास गरेको भन्दै बाटी र प्रजापतिले जिल्ला प्रशासनमा ‘जीउधनको रक्षा गरी पाऊँ’ भन्दै निवेदन दिएका छन्। लोकेन्द्रले नै बाटी र प्रजापतिको समूहलाई श्रीखण्डपुर ७ को ७ रोपनी ५ आना जग्गा ४० लाखमा राजीनामा पास गरेर अर्कै भीर पाखा पास गरिदिएका छन्।

‘विश्वासिलो कुरा गरेर उसको नियत नै फसाउने रहेछ,’ पीडितमध्येका प्रवीण बाटीले भने, ‘विश्वासमा पर्दा पटक पटक फसियो।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्