यस्तो छ तपाईको सोमबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङ्कन हुनेछ। साथीभाइबाट बढी फाइदा लिने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। सन्तान सुख मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेका काममा ढिलासुस्ती हुनेछ। सहकर्मीबाट विरोध आउला। कार्यमा अवरोध आउला। प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धन लाभ हुनेछ। रमाइलो यात्रा रहला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। भूमिबाट लाभ रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुनेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सन्तानपक्षको मायामा कमी आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। रचनात्मक काममा जुट्ने समय छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आर्थिक कारोवारमा सफलता पाइएला। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। नयाँ काम सुरु गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। मनमा दुविधा उत्पन्न हुनेछ। घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। चोटपटकको भयछ सचेत रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोजगारको अवसर मिल्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्