मदन खरेललाई प्रधानमन्त्रीको अन्तिम मौका

Madan-Kharel
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई आफ्नो निवासमा बोलाएर झपारेका छन्।

साताव्यापी जापान भ्रमणबाट फर्किएका खरेलको बारेमा विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर झपारेका हुन्। प्रधानमन्त्री ओलीले निगमको प्रगतिका लागि आफूले जुनसुकै कदम चाल्नसक्ने भन्दै खरेललाई अन्तिमपटक सचेत गराएका हुन्।

बालुवाटार सूत्रले दिएको जानकारी अनुसार खरेललाई बोलाएर प्रधानमन्त्री ओलीले निगमको अवस्था दिनप्रतिदिन खस्किँदै गैरहेकोले अब पनि यसलाईै उकास्ने गरी काम नगरे तीन वटा विकल्प रोज्न तयार हुनुपर्ने चेतावनी दिएका थिए। ओलीले कि वाइडबडी बन्द गर्नुपर्ने, चलाउने भए जापान नै चलाउनुपर्ने कि त पद छोड्नुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्