भरतपुर अस्पतालको मेसुमा डा.तिवारी नियुक्त

Bharatpur hospital
लाेकपाटी न्यूज

चितवन, १५ असार । भरतपुर अस्पतालमा डेढ महिना नपुग्दै मेडिकल सुपरिटेण्डेन्ट फेरी परिवर्तन भएका छन्।स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत प्रमूख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट (एघारौँ तह) डा. श्रीराम तिवारीलाई नयाँ मेडिकल सुपेरीटेन्डेन्ट नियुक्त गरेको हो।

तत्कालिन मेसु डा. कृष्ण पौडेललाई हटाएर डा. विश्ववन्धु बगालेलाई मेसु बनाएको डेढ महिनामा नै मन्त्रालयले तिवारीलाई मेसु बनाएको हो। असार १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट तिवारीलाई भरतपुर अस्पताल चितवनको प्रमूख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भरतपुर अस्पतालमा डेढ महिना नहुँदै नयाँ मेसु नियुक्त गरेको हो। तिवारी भरतपुर अस्पतालको ४० औँ मेसुका रुपमा आउँदै छन्। यस अघि भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेलाई मन्त्रालयले मेसुको जिम्मेवारी दिएका थिए। डा. बगालेले मेसुको जिम्मेवारी जेठ २ गतेबाट सम्हालेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्