मालपोत कार्यालयमा आगलागी

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

 ताैलिहवा, १५ असार । जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट ९ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमूखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्