कृषिमा यन्त्र प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्छ : सभापति पोखरेल

pokharel
लाेकपाटी न्यूज

चितवन, १५ असार । चितवनले अन्न उत्पादनको ठूलो हिस्सा ओगट्ने गरेको खेतीयोग्य जमिन नास हुँदै गईरहेकोभन्दै प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल चिन्ता व्यक्त गरेका छन्।

चितवनको दिव्यनगरमा रोपाइ महोत्सवको उद्धघाटन गर्दै सभापति पोखरेलले सो कुरा बताएका हुन्। कृषिमा यन्त्र प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा पोखरेलले जोड दिए। उनले बिउ धान रोप्ने यन्त्रमा राखेर धान रोप्दै शुरु गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य घनश्याम दाहालले मुख्य बाली धान खेतीलाई प्रदेश सरकारले चक्लावन्दी गर्ने अभियान सुरु गरेकोभन्दै अब किसानहरु चक्लावन्दी गर्दै यन्त्रको प्रयोग गरेर कृषिमा लाग्नुपर्ने बताए।

कृषि ज्ञान केन्द्रका प्रमूख सुधीर श्रेष्ठले धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनिकरण भन्ने नारासहित दिवस मनाईएको बताउदै धानसँगै अन्य वाली उत्पादनमा केन्द्रले यन्त्रको प्रयोगमा जोड दिएको बताए।कृषि ज्ञान केन्द्र भरतपुर, भरतपुर महानगर कृषि शाखा र बृहस्पती धानबाली पकेट सञ्चालक समितिले संयुक्त रुपमा महोत्सव मनाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्