काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबि र बेरोजगारी अन्त्य गर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिबि र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमूख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे।आइतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले
गरिबि र बेरोजगारीको सामना प्रतिपक्ष /सत्तापक्ष दुबैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमूख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पारे।प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताए। तर देशका लागि, भोलीका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।
प्रधानमन्त्री ओलीले भने मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि बताए। प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिबि अन्त्य गर्ने र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको बताए।



लाेकपाटी न्यूज

