चितवन, १५ असार । बर्खायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडक खण्डमा देखिने समस्या समाधानका लागि चितवन प्रहरीले विशेष तयारी गरेको छ।
पहिरोले सो सडकखण्ड अवरुद्ध हुने र यात्रुले सास्ती भोग्नु परेकोभन्दै विगतलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले यस पटक डोजरसहित प्रहरी परिचालन गरेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। उनले यात्रुलाई सास्ती भोग्न नपरोस् भन्नका लागि इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजरसहितको प्रहरी टोली खटाइएको जानकारी दिए।
सो सडक-खण्डमा कहीकतै पहिरो गएमा तत्काल पहिरो हटाई सडक सञ्चालनमा ल्याइने र दुर्घटनामा तत्कालै उद्दार गर्ने उद्देश्यले दुबै कार्यालयमा प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटाईएको छ। प्रहरी टोलीमा ५\५ जनाको संख्यामा रहेका छन्।



लाेकपाटी न्यूज

