काठमाडौं, १५ असार । सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४\०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४\०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ।



लाेकपाटी न्यूज

