३३ केजी सुन प्रकरण : न्यायाधीशले बुझाए प्रस्टीकरण

लाेकपाटी न्यूज

काठमाडौं, १५ असार । ३३ केजी सुन तस्करी प्रकरणमा छानबिनमा तानिएका उच्च अदालत विराटनगरका तीन न्यायाधीशले न्यायपरिषद्ममा प्रस्टीकरण बुझाएका छन्।

उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्यायपरिषद्ममा आफैँ उपस्थित भएर प्रस्टीकरण पेस गरेका छन्। न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी खोसिएका ती न्यायाधीशलाई छानबिनका लागि न्यायपरिषद्ममा झिकाइएको थियो।

प्रधानन्यायाधीशको सूक्ष्म निगरानीअन्तर्गत सुन तस्करी काण्डदेखि ठगी मुद्दाको फैसलामा न्यायिक विचलन देखिएको भन्दै सचिवालय तानिएका हुन्। परिषद् तानिएका विराटनगर उच्च अदालतका ८ न्यायाधीशमध्ये तीन जनालाई गत साता स्पष्टीकरण सोधिएको थियो।

उनीहरूले एक साता पुग्नु एक दिनअगावै स्पष्टीकरण पेस गरेको न्यायपरिषद् स्रोतले जानकारी दियो। न्यायपरिषद्ममा बुझाएको प्रस्टीकरण विषयमा न्यायाधीश साधुराम सापकोटाले आफूले केही नबोल्ने बताए। ‘न्यायपरिषद्ले जे सुकै गरोस्, म अहिले बोल्दिनँ,’ उनले भने ।

न्यायपरिषद्को छानबिनमा परेकामध्ये मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेमाथि लागेको आरोप पुष्टि हुन नसकेकाले उनीहरूले सफाइ पाएका थिए। सोही प्रकरणमा मुछिएका न्यायाधीश उमेशराज पौडेल र नागेन्द्रलाभ कर्णले न्याय सेवाबाट अवकाश पाइसकेका छन्। उनीहरूविरुद्ध लागेको आरोपका फाइल तामेलीमा राख्ने निर्णय भएको छ। आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्