काठमाडौं, १५ असार । अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले बिगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।
बुटवलमा दुई व्यक्तिलाई धारिलो हतियार प्रहार गरेको आरोपमा कुवँरलाई बुटवल प्रहरीले पक्राउ गरेको थियो। प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई व्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टी गरे। गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छिन्। प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरीष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहार गरेकी थिइन।
धारिलो हतियार प्रहारबाट घाइते भएका उनीहरुले प्रहरी समक्ष उजुरी गरेका थिए। पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरियो। तर, पीडितले नै उजुरी फिर्ता लिएपछि छाडिएको प्रहरीको भनाइ छ। प्रहरी निरिक्षक केसीका अनुसार कुवँरविरुद्ध उजुरी पर्नेक्रम पछिल्लो समय ह्वात्तै बढेको बताए। उनका अनुसार माताले कुटेको, निको पार्छु भनेर ठगेको भन्नेजस्ता उजुरी परेका छन्। (नागरिक दैनिकबाट)



लाेकपाटी न्यूज

