बलात्कारविरुद्ध बाेल्ने आमाछोरीकाे कपाल मुण्डन गरिदिएपछि…

लाेकपाटी न्यूज

काठमाडाैं, १४ असार । बलात्कारविरुद्ध आवाज उठाउँदा भारतमा दुई महिलाको कपाल मुण्डन गरिएको छ। भारतीय प्रहरीका अनुसार पन्जाबमा बलात्कारविरुद्ध आवाज उठाउँदा आमाछोरीको कपाल मुण्डन गरिएको हो।

कपाल मुण्डन गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ। अन्य पाँचको भने खोजीकार्य जारी रहेकाे बताइएकाे छ।

प्रहरीका अनुसार घरमा पुरुष सदस्य नभएको मौका छोपी सात पुरुषहरु आमा र छोरीलाई बलात्कार गर्न घरमै छिरेका थिए।

तर जब उनीहरु चिच्याउन थाले। पुरुषका समूहले उनीहरुमाथि कुटपिट गरे र कपाल मुण्डन गरिदिए। भारतमा गरिब महिलामाथि पुरुषहरु बारम्बार बलात्कारको प्रयास गरिरहने भारतीय संचारमाध्यमले जनाएका छन्। जनचेतनाका कार्यक्रमलाई तिव्रता दिइए पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको जनाइएको छ।