सरकारप्रतिकाे जनविश्वास डगमगाउन दिँदैनाैं : प्रधानमन्त्री

kp-oli
लाेकपाटी न्यूज

काठमाडाैं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रा काम गर्दै गएको बताएका छन्।काठमाडौं लगायत देशभर एक हजार किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको, कानून निर्माण गरेको र लोकतन्त्रको रक्षा गर्दै सरकार अघि बढेको भन्दै उनले सरकारले राम्रा काम गरेकाे बताए ।

उनले जनताले सरकारप्रति गरेका विश्वास डगमगाउन नदिने उनले बताए। मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न दिन्न, म पनि गर्दिनँ । सुशासन कायम गरिन्छ। संविधान कार्यान्वयन र मौलिक हक सुनिश्चित गर्न कानून बनाइएको छ।’

उनले सरकारप्रतिको आलोचना कम हुँदै गएको र आउँदो दशैंसम्म आलोचना समाप्त भइसक्ने समेत दाबी गरे। ‘काठमाडौंमा माक्स लगाएर हिड्ने कोही भेटिँदैन,’ उनले भने, ‘सडक कालोपत्रे गरेका छौं, धुलो हटाएका छौं। दशैंसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुन्छ।’

आफूले प्रधानमन्त्री बन्दै गर्दा काठमाडौंको धुलो नियन्त्रण गर्ने र नाक थुनेर हिड्नुपर्ने बाध्यता पूर्ण रुपमा अन्त्य गर्ने बाचा गरेअनुसार नै काम गरेको प्रधानमन्त्रीको भनाइ छ।

‘हामी दुई अध्यक्ष कुरो नबुझिकन अघि बढेको छैन,’ उनले भने, ‘गतवर्ष निकै आलोचना भयो बृद्धभत्ता बढेन भनेर। यसपाली बढायौं, प्रशंसा भएन। रकम छरियो भनेर आलोचना गरिदिए।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्