चोरीका मोटरसाईकल कारोबारमा संलग्न चार पक्राउ

chorikpo bike
लाेकपाटी न्यूज

चितवन, १४ असार । चितवनमा चोरीका मोटरसाईकल कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। चितवन प्रहरीले चोरीको मोटरसाईकल कारोबारमा संलग्न चार जनालाई शनिबार पक्राउ गरेको हो।

भरतपुर महानगरपालिका २० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरु बरामद गरेको प्रहरीले जनाएको छ। सो कार्यमा संलग्न चार जनालाई समेत पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता (डीएसपी) एकनारायण कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका ८ बस्ने १९ वर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार रहेको डीएसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्